Section 3
बैंकको स्थापना
(१) केन्द्रीय बैंकको कार्य गर्न नेपाल राष्ट्र बैंक नामको एउटा केन्द्रीय बैंक स्थापना हुनेछ । (२) नेपाल राष्ट्र बैंक ऐन, २०१२ अन्तर्गत स्थापना भएको नेपाल राष्ट्र बैंक यसै ऐन अन्तर्गत स्थापना भएको मानिनेछ । (३) बैंक अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ । (४) बैंकको कामकारबाहीको निमित्त आफनो एउटा छुट्टै छाप हुनेछ । (५) बैंकले यस ऐनको अधीनमा रही चल, अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, राख्न, बेच बिखन गर्न र यस्तै अन्य किसिमले व्यवस्था गर्न सक्नेछ । (६) बैंकले आफनो नामबाट नालिश उजुर गर्न र बैंक उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ । (७) बैंकको केन्द्रीय कार्यालय काठमाडौंमा रहनेछ र बैंकले आवश्यकता अनुसार नेपाल ……………. भित्र वा बाहिर जुनसुकै ठाउँमा शाखा, उपशाखा तथा अन्य कार्यालयहरु खोल्न र एजेण्ट वा प्रतिनिधि नियुक्त गर्न सक्नेछ ।